भक्तपुरमा ६ जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुरमा ६ जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ। हालसम्म ६ कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

शुक्रबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना संक्रमितको होम आइसोलेसनमा मृत्यु भएपछि यो संख्या ६ पुगेको हो। मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा ८ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो।

होम आइसोलेसनमा नै मृत्यु भएकी ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको प्रमुख मिजारले जानकारी दिए। रासस

कमेन्ट गर्नुहोस्