ब्रेक फेल भएर स्कूल बस र ट्रक ठोक्किँदा २१ को मृत्यु

 

नाइजेरिया । नाइजेरियामा एउटा स्कूल बस र ट्रक एक आपसमा ठोक्किंदा २१ जनाको मृत्यु भएको छ । मर्नेहरुमा अधिकांश बालिबालिका रहेका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति शोक व्यक्त गरेका छन् ।

प्रहरीका अनुसार, ट्रकको ब्रेक फेल भएपछि बससँग ठोक्किन पुगेको थियो ।

याे पनि पढ्नुस  थाइल्यान्डमा सडक दुर्घटना, पच्चीसको मृत्यु

बसमा ६१ जना बालबालिका रहेको बताइन्छ । यसमध्ये २० को मृत्यु भएको हो । घटनामा एकजना शिक्षकको पनि निधन भएको छ ।

मृतकहरु क्याथोलिक डायोसिसद्वारा सञ्चालिन प्रेजेन्टेसन नर्सरी एण्ड प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थी थिए ।

कमेन्ट गर्नुहोस्