रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन

रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ ।

थापाको ललितपुर महानगरपालिका- ४ एकान्तकुनास्थित निवासमा शुक्रबार निधन भएको हो ।

झण्डै ३६ रेडियो नेपालमा काम गरेका थापाले १९ कात्तिक २०६७ देखि उपनिर्देशक (प्राविधिकतर्फ) पदबाट अनिवार्य अवकाश पाएका थिए ।

उनका श्रीमती र दुई छोरा छन् ।

कमेन्ट गर्नुहोस्