सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका- ६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका- १० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।

याे पनि पढ्नुस  भ्यानको ठक्करबाट एकको मृत्यु, चालक भने फरार

कमेन्ट गर्नुहोस्