होम आइसोलेसनमा रहेका २ संक्रमितको निधन

पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका दुईजना संक्रमितको निधन भएको छ ।

कावासोती नगरपालिका निवासी ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले जानकारी दिए ।

कात्तिक १३ मा कोरोना संक्रमण पुष्टि भएका उनी घरकै आइसोलसनमा उपचाररत थिए ।

याे पनि पढ्नुस  विराटनगरमा एकैदिन तीन संक्रमितको मृत्यु

त्यस्तै गैंडाकोट नगरपालिका निवासी ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा निधन भएको छ ।

उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको आफन्तले दाबीले गरेका छन् ।

उनीहरुको दाहसंस्कार सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै गर्ने जनाइएको छ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

याे पनि पढ्नुस  बस र ट्रकबीच ठक्कर, १५ यात्रु घाइते

कमेन्ट गर्नुहोस्