१५ र १६ वर्षका किशोर किशोरीकाे शव जंगलमा फेला

कञ्चनपुर जिल्लाका दुई स्थानमा ३ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मालुमेलाको जंगलमा दुई जनाको शव फेला परेको छ । कैलालीको गोदावारी नगरपालिका वडा नम्बर ११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउँदको शव एकैसाथ फेला परेको बताइएको छ ।

याे पनि पढ्नुस  कञ्चनपुर पुगेर बिना मगरले जारी गरिन भावुक बक्तव्य (पूर्णपाठसहित)

घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा समेत भेटिएको र घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनीहरू दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिएको छ । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

याे पनि पढ्नुस  महेन्द्रनगरमा माघ ५ र ६ गते विराट सत्संग समारोह हुने

त्यसै, कञ्चनपुरको महाकाली नदिमा एक युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय सरोज चौधरीको शव भेटिएको प्रहरीले जनाएको छ । चौधरी यही कार्तिक ११ गते मंगलबार साथीहरुसंग दोधाराचाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा बेपत्ता भएका थिए । मृतक चौधरीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।

याे पनि पढ्नुस  कञ्चनपुरमा विद्यार्थी संगठनले गरेको बन्दको कारण जनजीवन प्रभावित

कमेन्ट गर्नुहोस्