लामो गतिरोधपछि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल शुरु भएको छ ।
स्थायी कमिटिका निर्णय कायान्वयन गर्न प्रधानमन्त्रीले आलटाल गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार जान छोडेका थिए ।

अध्यक्ष प्रचण्डसँग संवादका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु निकटका नेताहरुलाई खुमलटार पठाएपनि संवादको अवस्था बन्न सकेको थिएन ।

याे पनि पढ्नुस  नेपालको समस्यामा यसपटक बोले प्रधानमन्त्री ओली

यसैबीच आज शनिबार बिहान नेता माधव नेपालसँग आफ्नै निवासमा छलफल गरेपछि प्रचण्ड अहिले अपरान्ह बालुवाटार पुगेका हुन ।

स्थायी समितिले सरकारको समिक्षासहित मन्त्रीपरिषदको पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमति अनुसार सरकार अघि बढने बताएपनि प्रधानमन्त्रीले एकलौटी ढंगले अघि बढेपछि सम्बन्ध चिसिएको थियो ।

याे पनि पढ्नुस  यस्तो छ प्रचण्डले सम्बाेधन गर्ने इण्डिया फाउण्डेसनको कार्यक्रम

यसैबीच कर्णाली प्रदेशका देखा परेको विवादमा दुबै अध्यक्षबाट फरक फरक निर्देशन जारी भएका थिए ।

दुबै अध्यक्षबीच लामो समयदेखि जारी गतिरोध आज तोडिएपनि सहमति हुने सम्भावना भने अझै न्यून नै देखिन्छ ।

यो बीचमा प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहका माधव नेपाल लगायतका नेताहरुसँग संवाद गरेपनि नेकपा भित्रको विवाद झनै बढेर गएको हो ।

याे पनि पढ्नुस  विप्लवलाई प्रचण्डको कडा जवाफ– हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन

आजको छलफल भने समसामयिक राजनीतिक विषयबस्तु र पार्टी विवादमा केन्द्रीत हुने देखिन्छ ।

कमेन्ट गर्नुहोस्