आईपीएल : दिल्लीलाई ब्याटिङको मौका, सन्दीप आज पनि बेन्चमै

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इण्डियन्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजेदेखि दुबईमा सुरु हुँदैछ ।

जारी सिजनमा दुबै टिमले १२-१२ म्याच खेलिसकेका छन् । मुम्बईले १२ म्याचमध्ये ८ मा जित र चार खेलमा हारको सामना गरेको छ ।

दिल्लीले १२ खेलमा ७ म्याचमा जित हासिल गरेको छ । तालिकामा मुम्बई शीर्ष र दिल्ली तेस्रो स्थानमा छ ।

याे पनि पढ्नुस  नेकपाका अध्यक्ष प्रचण्ड परिवारसहित यूएई प्रस्थान

आज पनि सन्दीप बेन्चमै सीमित

दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि मौका पाउन असफल भएका छन् ।

सन्दीपले मौका नपाएको यो लगातार १३ औँ खेल हो । सुरुवातमा टिमले उत्कृष्ट सुरुवात गर्दा विदेशी कोेटाबाट खेलेका खेलाडीले निरन्तर मौका पाए । जसकारण पनि यो सिजनमा सन्दीपले लगातार मौका पाउन असफल भएका छन् ।

सन्दीपको प्रदर्शन हेर्न तीव्र प्रतिक्षामा बसिररहेका उनका समर्थक जारी सिजनमा निराश छन् । सन्दीपलाई मौका नदिएको भन्दै उनका समर्थनले दिल्लीप्रति चर्को आक्रोश पनि पोखिरहेका छन् ।

याे पनि पढ्नुस  उच्च मनोबलका साथ बसौँ, भोकै रहन दिँदैनौः राजदूत ढकाल

दिल्लीले प्लेइङ ११ मा आज ३ खेलाडी परिर्वतन गरेको छ । उसले आजिक्य रहाणे, तुषार देशपाण्डे र अक्क्षर पटेललाई विश्राम दिँदै हर्षल पटेल, प्रवीण दुबे र पृथ्वी शालाई मौका दिएको छ ।

यी तीनमध्ये दुबेको आज डेब्यू म्याच हो । उनी अमित मिश्राको स्थानमा दिल्लीमा जोडिएका थिए ।

मुम्बईले आज प्लेइङ-११ मा दुई खेलाडी परिर्वतन गरेको छ । उसले जेम्स प्याटिन्सन र हार्दिक पाण्ड्यालाई विश्राम दिँदै नाथनकल्टर नाइल र जयन्त यादवलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  यूएईबाट नेपालका लागि तय नयाँ उडान तालिका सार्वजनिक

मुम्बईको प्लेइङ-११ : इशान किशन, क्विन्टन डिकक, सूर्यकुमार यादव, सौरभ तिवारी, जयन्त यादव, किरोन पोलार्ड (कप्तान), कृणाल पांड्या, नाथनकल्टर नाइल, राहुल चहार, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

दिल्लीको प्लेइङ -११ : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, हर्षल पटेल, प्रवीण दुबे, रविचन्द्रन अश्विन, कागिसो रबाडा र एनरिक नोर्टजे ।

कमेन्ट गर्नुहोस्