उपत्यकामा थपिए आज १३५७ कोरोना संक्रमित

काठमाडौं : गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७ सय ८८ पुरुष र ५ सय ६९ महिला हुन् ।

काठमाडौंमा ६१ हजार ८ सय ५५ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४ हजार ७ सय ४६ जना निको भइसकेका छन् भने २१९ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार ८ सय ९० जना संक्रिय संक्रमित छन्।

याे पनि पढ्नुस  काठमाडौंमा थप १ कोरोना संक्रमितको मृत्यु

यसैगरी, भक्तपुरमा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४८२ जना निको भइसकेका छन् भने ६६ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित ११५१ जना छन्।

त्यस्तै, ललितपुरमा ८७९४ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६४३१ जना निको भइसकेका छन् भने ६० जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २३०३ छन्।

आज २५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

कमेन्ट गर्नुहोस्