ओली-प्रचण्डबीचको छलफल सकियो, के भयो कुराकानी?

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच केही साता यताको विश्रामपछि भेटवार्ता भएको छ । दुबै अध्यक्षबीच आज बालुवाटारमा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । उनले भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटनालगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गरेका हुन् ।

याे पनि पढ्नुस  नेता शर्मा भन्छन्, ‘सिद्धान्तअनुसार नेता–कार्यकर्ताको चरित्र निर्माण नभए नेकपा पतन हुन्छ’

प्रचण्डको प्रस्तावप्रति प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताइएको छ । ओली प्रचण्डबीच पछिल्लो समय भेटघाट पातलिएको थियो । स्रोतका अनुसार कोरोना र पार्टीभित्र देखिएका अन्य कारणले दुबै अध्यक्षबीचको भेटवार्ता पातलिएको हो ।

कमेन्ट गर्नुहोस्