दिल्लीद्वारा मुम्बईलाई १११ रनको लक्ष्य, बुमराह र बोल्टको घातक बलिङ

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १ सय ११ को लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनायो ।

उसका लागि कप्तान श्रेयस अय्यरलले २५, ऋषभ पन्तले २१, रविचन्द्रन आश्विन, कागिसो रबाडाले १२/१२, शिमरोन हेटमायरले ११, पृथ्वी शाले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  केकेआरद्वारा मुम्बईलाई १४९ रनको लक्ष्य, कमिन्सको अर्धशतक

बलिङमा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराहले ३/३, नाथनकल्टर नाइल र राहुल चाहरले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्