सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

कैलाली : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

सामान्य पखाला लागेपछि शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका मन्त्रीको पीसीआर रिपोर्ट आज पोजिटिभ देखिएको हो ।

मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाबाट १ महिनामा सबैभन्दा कम मृत्यु

कोरोना पुष्टि भएसँगै मन्त्री शाह होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् ।

कमेन्ट गर्नुहोस्