बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको फेरि परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो ।

उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो । त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो ।

याे पनि पढ्नुस  संविधान देश हेर्ने आँखीझ्याल हो: मुख्यमन्त्री पौडेल

कमेन्ट गर्नुहोस्