आईपीएल : दिल्लीविरुद्ध मुम्बई ९ विकेटले विजयी

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इण्डियन्स ९ विकेटले विजयी भएको छ ।

दिल्लीले दिएको १ सय ११ रनको समान्य लक्ष्य मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

उसका लागि इशान किशनले अविजित ७२, क्विन्टन डिककले २६ र सूर्यकुमारले नटआउट १२ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १६२ रनको लक्ष्य

बलिङमा एनरिक नोर्टजले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान श्रेयस अय्यरले २५, ऋषभ पन्तले २१, रविचन्द्रन आश्विन, कागिसो रबाडाले १२/१२, शिमरोन हेटमायरले ११, पृथ्वी शाले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  आईपीएल : दिल्ली र केकेआर खेल्दै, सन्दीपले मौका पाउने सम्भावना कति?

बलिङमा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराहले ३/३, नाथनकल्टर नाइल र राहुल चाहरले एक/एक विकेट लिए ।

आजको जितसँगै मुम्बईले तालिकामा १८ अंक जोडेको छ । उसले १३ खेलमध्ये ९ म्याचमा जित हासिल गरेको छ ।

दिल्लीले भने १३ खेलमा ७ म्याचमा जित हासिल गर्दा ६ खेलमा हारको सामना गरेको छ ।

याे पनि पढ्नुस  आईपीएल : राजस्थानले दियो आरसीबीलाई १७८ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्