हैदराबादविरुद्ध ब्याटिङ गर्दै आरसीबी, यस्तो छ प्लेइङ-११

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि शारजाहमा सुरु भएको छ ।

हैदराबादको प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरिएको छ । विजय शंकरको स्थानमा उसले आज अभिषेक शर्मा लाई मौका दिएको छ ।

आरसीबीले प्लेइङ-११ मा २ खेलाडी परिवर्तन गरेको छ । उसले डेल स्टेन र शिवम दुबेलाई विश्राम दिँदै नवदीप सैनी र इशरु उडानालाई मौका दिएको छ ।

जारी सिजनमा आरसीबीले १२ मध्ये ७ खेल जितेको छ । हैदराबादले १२ म्याचमध्ये पाँच खेलमा जित हासिल गरेको छ ।

आरसीबीको प्लेइङ-११ : देवदत्त पाडिक्कल, जोश फिलिप्पी, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, गुरकितमान सिंह, वासिङटन सुन्दर सुन्दर, क्रिस मोरिस, इशरु उडाना, नवदीप सैनी, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह, मनीष पाण्डे, केन विलियम्सन, अब्दुल सामद, जेसन होल्डर, अभिषेक शर्मा, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन ।

कमेन्ट गर्नुहोस्