रातिको समय उपत्यका प्रवेशमा रोक, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं : गृह मन्त्रालयले रातिको समयमा काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने नियम लागू गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै मन्त्रालयले आजदेखि रातिको समयमा यात्रुलाई उपत्यका प्रवेशमा रोक लगाएको हो ।

शनिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अर्को सूचना नभए सम्मका लागि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि यात्रु प्रवेशमा रोक लगाइएको जनाएको छ ।

याे पनि पढ्नुस  आइतबार काठमाडौं पुग्दैछन् बुहानमा रहेका नेपाली

अत्यावश्यक सेवाका सवारी साधनलाई भने प्रवेशमा रोक छैन ।

कमेन्ट गर्नुहोस्