‘पारा’लाई संसोधन गर्दै नयाँ गीत निकाल्दै भिटेन

काठमाडौं : नेपाली र्‍यापर समिर घिसिङ ‘भिटेन’ले आफ्नो नयाँ र्‍याप ‘पारा’मा प्रयोग गरिएका आपत्तिजनक शब्दको संसोधन गरेर नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने भएका छन् ।

आज आफ्नो फेसबुक पेजमार्फत विज्ञप्तिमा जारी गर्दै भिटेनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिएको उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  दुर्गेशपछि समातिए चर्चित र्‍यापर भिटेन

‘सम्बन्धित निकाय तथा महानुभावलाई उक्त म्यूजिक भिडियोमा प्रयोग भएका केही शब्दहरूबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उक्त म्युजिक भिडियोलाई अनाधिकृत रूपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संसोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौँ ।’

याे पनि पढ्नुस  र्‍यापर समिर लामा (भिटेन) रिहा भए

केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो ।

कमेन्ट गर्नुहोस्