कोरोनाबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु

पोखरा । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पोखरा र दुई जना नवलपरासी पूर्वका छन् ।

पोखरा महानगरपालिका वडा नं ९ की ६२ वर्षीय महिलाको शनिबार मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोनाबाट मृत्यु हुनेको संख्या कति ? बाझियो मन्त्रालय, सेना र प्रदेशको तथ्यांक

यसैगरी गैंडाकोट २ की ७७ वर्षीया महिलाको पनि शनिबार नै मृत्यु भएको हो । होम आइसोलेशनमै उनको मृत्यु भएको डा शर्माले जानकारी दिए । यसैगरी कावासोती ६ का ६७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । उनको पनि होम आइसोलेशनमै मृत्यु भएको हो ।

याे पनि पढ्नुस  नेपालगञ्ज मेडिकल कलेजमा थप ४ जनाको मृत्यु

यी दुवै जनाको सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा दाहसंस्कार गरिसकिएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ७८ जना पुगेको छ ।

साथै यस प्रदेशमा कूल संक्रमितको संख्या ७ हजार ३७८ जना पुगेको छ ।

कमेन्ट गर्नुहोस्