सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड विशेष अस्पतालमा सोमबार साँझ कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी घर भइ हाल सुनसरीको धरानमा बस्दै आएका ३० वर्षीय पुरुष रहेका छन् ।
प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृतक दीर्घ रोगी रहेका थिए भने उनमा सोमबार नै कोरोना पोजिटिभ भएको थियो ।