पेरिस । फ्रान्सको पेरिसमा बस्दै आएकी साउदी अरबकी एक रानीको घरबाट करोडौंको सामान चोरी भएको छ ।
दि गार्जियनका अनुसार, ती रानी पेरिसमा एउटा अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।
तर रानी भने गत अगस्त देखिनै अपार्टमेन्टमा नबसेको समाचारमा उल्लेख छ ।
यहि साता उनी अपार्टमेन्टमा फर्केपछि उनले चोरी भएको थाहा पाएकी थिइन् ।
अपार्टमेन्टबाट बहुमूल्य गहना, घडी, ब्यागलगायतका सामान चोरी भएको प्रहरीले जनाएको छ ।
रानीले चोरी भएको थाहा भएपछि उनलाई ह्रदयघात भएको थियो । उनीलाई अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।