बढ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य आज प्रतितोला ५०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रूपैयाँ तोकेको छ । उक्त मूल्य गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रूपैयाँले बढी हो ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । उक्त दिन अघिल्लो दिनको तुलनामा एक हजार रूपैयाँले मूल्य बढेको थियो ।

याे पनि पढ्नुस  एकैदिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ आज कारोबार?

आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ । शुक्रबार एक हजार २५५ रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २७५ रूपैयाँ पुगेको हो ।

कमेन्ट गर्नुहोस्