कैलालीमा कोरोनाबाट थप २ संक्रमितको मृत्यु

कैलालीः कैलालीमा कोरोना संक्रमणबाट सोमबार बिहान थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० गते कोरोना पुष्टि भएर होम आइसोलेसनमा बसिरहेका टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुष रहेका छन् ।

कडा प्रकारको निमोनिया देखिएका धनगढीका ८४ वर्षीय पुरुषको शुक्रबारदेखि धनगढीको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

याे पनि पढ्नुस  खानेपानी विवादमा झडप, एक बालकको ज्यान गयो

कमेन्ट गर्नुहोस्