बढ्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य बुधबार सय रुपैयाँ बढेको छ ।

सुनको मूल्य बढेर बुधबार तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एकैदिन तोलामा ३४ सय रुपैयाँ घटेको थियो । मंगलबारसुन ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  आज पनि घट्यो सुनको मूल्य

मंगलबार तोलामा ७० रुपैयाँ घटेको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँ बढेको छ । बुधबार चाँदी तोलाको १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्