अजयमेरुको दुर्गम भुल्कुडामा बर्थिङ सेन्टर सञ्चालनमा

डडेल्धुरा : जिल्लाको अजयमेरु गाउँपालिका-४ मा पर्ने दुर्गम ठाउँ भुल्कुडामा वर्थिङ सेन्टर स्थापना गरिएको छ ।

सामुदायीक स्वास्थ्य एकाई भुल्कुडामा सुदूरपश्चिम प्रदेश सरकारले २० लाख लागतमा भवन निमार्ण गरिदिएपछि अजयमेरु गाउँपालिकाले बर्थिङ सेन्टर स्थापना गरेको हो ।

भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

याे पनि पढ्नुस  बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

बिहीबार एक औपचारिक कार्यक्रमका बिच नवनिर्मीत दुई कोठे भवनमा गाउँपालिकाले बर्थिङ्ग सेन्टरको उद्घाटन गरेको छ ।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बर्थिङ्ग सेन्टरको विधीवत उद्घाटन हुन् । घरमै सुत्केरी हुने दर शून्यमा ल्याउने उद्धेश्यले अजयमेरुका ७ स्थानमा बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइसकेको उनले बताएका छन् । अजयमेरु सरकारको पहिलो नियर्ण अनुसार भुलकुडामा पनि बर्थिठ्ठ सेन्टर सञ्चालनमा आएको अध्यक्ष भट्टले दाबी छ ।

याे पनि पढ्नुस  शाखा सडक निर्माण गर्दा केआई सिंह राजमार्ग जोखिममा

कमेन्ट गर्नुहोस्