ललितपुरमा भीषण आगलागी

ललितपुरः ललितपुरको बालकुमारीमा भीषण आगलागी भएको छ ।

बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताए । राई आफैं घटनास्थलमा खटिएका छन् ।

याे पनि पढ्नुस  गोलबजारमा आगलागी, दुई करोडको क्षति

राईले आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको र काठमाडौं महानगरपालिकाको दमकललाई समेत बोलाइएको बताए । रहरुको बीचमा आगलागी भएको कारण नियन्त्रणमा लिन समस्या भएको छ ।

आगलागीको कारण खुलन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्