प्रदेश १ मा आज ३६४ जनामा कोरोना पुष्टि

मोरङ : प्रदेश-१ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन÷तीन, सङ्खुवासभा र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका २२ जना रहेका छन् ।

याे पनि पढ्नुस  भारतमा १ लाख संक्रमितले जिते काेराेना

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ । प्रदेशमा आज ७३६ सङ्क्रमित निको भई घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

याे पनि पढ्नुस  के चीनको प्रयोगशालामा कोरोनाभाइरस बनाइएको हो ?

कमेन्ट गर्नुहोस्