बङ्गलादेशसँगै अन्तिम खेल खेल्दै नेपाल, हारको बदला लिने अवसर

काठमाडौं: ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटल सिरिजअन्तर्गत मङ्गलबार (आज) नेपाल र बङ्गलादेशबीच दोस्रो र अन्तिम खेल हुँदैछ । नेपालले दोस्रो खेल पनि बङ्गबन्धु रङ्गशालामा बङगलादेशसँग उसकै घरेलु मैदानमा खेल्दैछ ।

पहिलो खेलमा २–० ले हारेपछि नेपाल पाँच वर्षपछि बङ्गलादेशसँग पराजित भएको थियो । त्यसैले सो पराजयले नेपाली फुटबल टिम मात्र होइन समर्थक पनि निराश छन् । तर नेपाली फुटबल टिमसमक्ष सो हारलाई बिर्साउने अवसर पाँच दिनपछि नै पाएको छ । नेपाली खेलाडीहरुले मङ्गलबार आफ्ना समर्थकको सोही निराशालाई खुशीमा बदल्न जिम्मेवारी बोध गरेर खेल्ने आशा गरिएको छ ।

याे पनि पढ्नुस  बिदामा नेपाल गएकालाई कोरिया ल्याइने

मुजिब बोर्सो ट्रफी उचाल्न नेपाललाई मंगलबार बङ्गलादेशलाई कम्तिमा दुई गोलको अन्तरले हराउन आवश्यक छ । नेपालले खेल दुई गोलको अन्तरले जितेमा विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा हुनेछ । पहिलो खेल जितेपछि घरेलु टिमलाई भने जित र हारले ट्रफी दिलाउने नै भयो । एक गोल अन्तरले मात्र हारेपछि ट्रफी बङ्गलादेशले नै उचाल्नेछ ।

याे पनि पढ्नुस  नेपालले एमसीसीबिरुद्ध लर्डसमा सिरिज खेल्ने

फिफा विश्वकप विश्वकप २०२२ र एएफसी एसियाली कप फुटबलको छनोटअन्तर्गत नेपाल र बङ्गलादेशले दोस्रो चरणमा बाँकी रहेका खेलका लागि यो मैत्री खेल खेलेका हुन् । नेपालले घरेलु मैदानमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्न बाँकी छ । यी तीन खेलपछि नेपालको विश्वकप छनोट यात्रा टुङ्गिनेछ ।

याे पनि पढ्नुस  एभिसी सेन्ट्रल जोन भलिबलः नेपाललाई जित्नै पर्ने दबाव

समूह बी मा नेपालको पाँच खेलबाट मात्र तीन अङ्क छ । नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अस्ट्रेलिया चार खेलमा १२ अङ्क बनाएर शीर्ष स्थानमा छ । कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्