केन विलियम्सन र ट्रेन्ट बौल्ट टी–ट्वान्टी टोलीबाट बाहिर

काठमाडौंः डेभोन कोन्वे पहिलो पटक न्युजिल्याण्डको राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । वेष्टइन्डिज विरुद्धको टी–ट्वान्टी श्रृखंलाका लागि क्रिकेट न्युजिल्याण्ण्डले घोषणा गरेको टोलीमा नियमित ११ भन्दा पाँच जना खेलाडी परिवर्तन गरिएको छ ।

वेष्टइन्डिज विरुद्धको टी–ट्वान्टीमा टिम साउदीले न्युजिल्याण्डको नेतृत्व गर्नेछन् । कोलिन मुनरो टोलीमा अटाएनन् । बिग बैश लिगसँगको अनुबन्धनले उनी नखेल्ने भएपछि बाहिरिएका हुन् । केन विलियम्सन समेत टोलीमा रहने छैनन् । उनलाई टेष्ट श्रृखंलाको तयारीका लागि आराम दिइएको छ ।

याे पनि पढ्नुस  न्युजिल्याण्डसँग हारपछि जब पत्रकारसँग रिसाए विराट कोहली...

तिब्र गतिका बलर ट्रेन्ट बौल्ट समेत टोलीमा छैनन् । कोलीन डी ग्राण्डहम र अजाज पटेल घाइते भएर निको हुन सकेको छैनन् । दुबैजना टोलीमा फर्किए पनि फिटनेशको प्रश्न यथावत रहने जनाइएको छ ।

कायल जमिन्सनले पनि पहिलो पटक टी–ट्वान्टी टोलीमा स्थान बनाएका छन् । रोस टेलर र टीम साउदीसँगै जमिन्सन पनि पहिलो दुई टी–ट्वान्टीमा मात्रै सहभागी हुनेछन् ।

याे पनि पढ्नुस  अष्ट्रेलियासँगको सीमा खुला गर्दै न्युजिल्याण्ड

इन्डियन प्रिमियर लिगबाट फर्केका खेलाडीको १५ दिने आइसोलेशनको समय सकिएको भोलीपल्टै २७ नोभेम्बरमा वेष्टइन्डिज विरुद्धको पहिलो टी ट्वान्टी खेल हुनेछ ।

कमेन्ट गर्नुहोस्