डब्ल्यूएचओले भन्यो : खोपले मात्र कोरोना महामारी अन्त्य गर्न सक्दैन

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले सोमबार कोरोना महामारी खोपले मात्र अन्त्य गर्न नसक्ने बताएका छन् ।

पछिल्लो समय विभिन्न कम्पनीहरूले निर्माणको क्रममा रहेको खोपको परीक्षणको नतिजा सार्वजनिक गरिरहेको अवस्थामा गेब्रेयेससले यस्तो बताएका हुन् । उनले भने, ‘खोप हामीसँग भएका अन्य उपकरणहरुको पूरक हुन सक्छ तर त्यसलाई विस्थापित गर्न सक्दैन ।’ खोपले मात्र महामारी अन्त्य गर्न नसक्ने उनको भनाइ छ ।

याे पनि पढ्नुस  कोरोनाको खोप बनाउन वर्षौं लाग्छः खोप विशेषज्ञ फ्रेजर

गेब्रेयेससले कोरोना खोप आएपछि सबैभन्दा पहिला जोखिममा रहेका वर्गलाई प्राथमिकता दिइने बताएका छन् । यसले बिस्तारै मृत्यु हुनेको संख्यामा कमी आउने र स्वास्थ्य प्रणालीमाथिको दबाब पनि कम गर्न सहयोग पुग्ने बताएका छन् ।

अहिलेसम्म विश्वभर पाँच करोड ५० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने १३ लाख २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  विश्वव्यापी नेतृत्वको अभाव कोरोना भाइरसभन्दा ठूलो खतराः डब्ल्यूएचओ

कमेन्ट गर्नुहोस्