बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

काठमाडौं  : बंगलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेका उपाध्यायलाई कोरोना पुष्टि भएको हो ।

सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

याे पनि पढ्नुस  १५७३ संक्रमित थपिए, १० जनाको मृत्यु

उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तरराष्ट्रिय खेल खेल्न ढाका गएको हो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २-० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने एन्फाले जनाएको छ ।

याे पनि पढ्नुस  चितवनमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु

कमेन्ट गर्नुहोस्