जनता भोकले मर्दै, राष्ट्रपतिले बनाए कुकुरको सुनको शालिक

काठमाडौं । शालिक शब्द सुन्दा हामीले ऐतिहासिक महापुरुषको मूर्ति सम्झिन्छौं । तर संसारमा कैयन यस्ता सनकी शासक पनि हुन्छन् जसले आफ्ना प्रिय चीजहरुको शालिकका लागि राज्यको करोडौं रकम स्वाहा पार्छन् ।

यस्तै एकजन सनकी शासकले आफ्नो कुकुरको शालिक बनाएका छन् ।

त्यो पनि चानचुने हो र ?

सुनको शालिक

र, उनले त्यो शालिक शहरमा ठड्याएका छन् ।


यी सनकी राष्ट्रपति तुर्कमेनिस्तानका हुन । राष्ट्रपति गुरबांगुली बेर्दयमुखमेदावले यो मूर्ति गत वर्ष राजधानी अश्गाबातको नयाँ क्षेत्रमा बनाउन शुरु गरेका थिए ।

कुकुरलाई निकै मन पराउने राष्ट्रपति २००७ देखि सत्तामा छन् ।

५० फीट अग्लो मूर्तिमा २४ क्यारेट सुन पोतिएको छ । सरकारी अधिकारीहरु बसोबास गर्ने उक्त क्षेत्रमा मार्बलले बनेका कैयन भवन, स्कूल, खेल मैदान, सिनेमा हल, पार्क र पसल रहेका छन् ।
राष्ट्रपतिको कुकुर मोह शालिकमा मात्रै सीमित छैन । उनले यो प्रजातिको कुकुरलाई समर्पित भनेर कैयन किताब र कविता पनि लेखेका छन् । उनी यो कुकुरलाई उपलब्धि र विजयको प्रतिक मान्छन् । एकपटक उनले यही प्रजातिको एक कुकुर रुसका राष्ट्रपतिलाई उपहार समेत दिएका थिए ।

राष्ट्रपतिले कुकुरको मूर्ति बनाउन करोडौं खर्च गरेपनि त्यहाँका जनताको जीवनस्तर भने दयनीय नै छ । तेल र प्राकृतिक ग्यासको धनी तुर्किमेनिस्तानमा यी श्रोतमा धनीहरुको स्वामित्व छ । गरीब जनता भने भोकै मर्न बाध्य हुने अवस्थामा पुगेका छन् ।

कमेन्ट गर्नुहोस्