पोखरामा थप तीन संक्रमितको मृत्यु

कास्कीः पोखरामा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको नयाँ रेकर्ड

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो । २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि ग्रसित थिइन् ।

फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो । उनीमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासकासाथै निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि उनी ग्रसित थिइन् ।

याे पनि पढ्नुस  फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती डिस्चार्ज भएकी छैननः अस्पताल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बुधबार राति ६ः४५ बजे मृत्यु भएको हो । निमोनिया र एक्युट हेपाटाइटिसलगायतका समस्याबाट ग्रसित उनीमा २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

कमेन्ट गर्नुहोस्