दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

नयाँदिल्ली : भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराईने मुख्यमन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।

मास्क अनिवार्य रुपमा लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्‍याएको उनले बताए ।

याे पनि पढ्नुस  गाडीमा भाडा नतिरे ५ हजार जरिवाना

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो ।

‘दिल्लीमा पछिल्लो समयमा कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,’ मुख्यमन्त्री केजरीवालले भने ।

उनले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे ।

याे पनि पढ्नुस  सामाजिक सञ्जालबाट जिस्काए ५ वर्ष जेल, १५ लाख जरिवाना (विधेयकसहित)

धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उहाँले बढी चिन्ता व्यक्त गरे ।
कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उहाँले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् ।

याे पनि पढ्नुस  स्पेनमा सार्वजनिक स्थलमा जाँदा मास्क अनिवार्य

बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताए ।

‘सबै पार्टीहरूको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उहाँहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।

कमेन्ट गर्नुहोस्