उद्योग वाणिज्य महासंघ २ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन सुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन् ।

याे पनि पढ्नुस  महासंघ निर्वाचन : ६ जना प्रदेश सदस्यको मतपरिणाम सार्वजनिक, कहाँ को भए निर्वाचित?

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्षसमेत हुन् ।

त्यस्तै, अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन् । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध निर्वाचित भएका महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  प्रदेश उद्योग महासंघका अध्यक्ष बोगटी पक्राउ

कमेन्ट गर्नुहोस्