चिनियाँ विदेशमन्त्री र भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमण तय भएकै समयमा वाङ पनि नेपाल आउन लागेका हुन ।

वाङ यी यसअघि पनि दुईपटक नेपाल आइसकेका छन् ।

चीनसँग सीमा विवादबारे नेपाली कांग्रेसले बिरोध गरिरहेको बेला वाङको भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका कडीका रुपमा हेरिएको छ ।

नेपालमा भारत र अमेरिकी प्रभाव बढिरहेको चीनको आँकलन छ ।

चीनले नेपालको राजनीतिक मामिलामा प्रत्यक्ष हस्तक्षेप नगरेपनि नेकपाको राजनीतिमा भने निरन्तर चासो दिएको देखिन्छ ।

वाङको भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिएको छैन ।

छोटो समयका लागि नेपाल भ्रमणमा आउन लागेका वाङले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने बुझिएको छ ।

गत वर्ष भने उनी तीनदिने भ्रमणमा आएका थिए ।

 

कमेन्ट गर्नुहोस्