बिहेभोजबाट फर्किंदै गरेको जीप ट्रकसँग ठोक्किँदा १४ को मृत्यु

उत्तरप्रदेश । भारतको उत्तरप्रदेशस्थित प्रतापगढमा भयानक दुर्घटना भएको छ ।

जन्ती बोकेर हिडेको एउटा बोलेरो जीप र ट्रक एक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ ।

मृतकहरुमा ६ जना बालबालिका रहेको एएनआईले जनाएको छ ।

शेखपुर गाउँमा आयोजित विवाह समारोहमा सहभागी भएर फर्किंदै गरेको बेला दुर्घटना भएको थियो ।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बोलेरोको चालकलाई निन्द्रा आएपछि गाडी अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको थियो ।

मुख्यमन्त्री आदित्यनाथ योगीले घटनाप्रति दुख व्यक्त गर्दै यथासम्भव सहयोग गर्न निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्