एनआइसी एसिया बैंकले मुद्दती निक्षेपको दोब्बर भुक्तानी दिने

आक्रामकरुपमा उदाएको एनआईसी एशिया बैंकले नयाँ योजना ल्याएको छ । बैंकले मुद्दती निक्षेपको दोब्बर भुक्तानी दिने योजना ल्याएको हाे । बैंकले ‘डबल डिपोजिट’ नामको योजनामा मुद्दतीमा निक्षेप राखेको ७ वर्ष ७ महिनामा दोब्बर भुक्तानी दिने योजना ल्याएको हो ।

दीर्घकालीन रूपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकलाई लक्षित गर्दै योजना ल्याएको बैंकले जनाएको छ । योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ । संस्थागत निक्षेपकर्ताको भने जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुने जनाइएको छ ।

याे पनि पढ्नुस  कसरी घट्यो एनआईसी एशियाको खुद नाफा ?

योजनामा सहभागी हुनका लागि न्यूनतम रकम १० हजार रुपैयाँ तोकिएको छ । ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाको समयावधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकले दोब्बर रकम नै प्राप्त गर्ने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधासमेत लिन सकिने व्यवस्था रहेको जनाइएको छ । बैंकले हाल देशकै सबैभन्दा ठूलो सञ्जाल भएको बैंकका रूपमा ३ सय २७ शाखा, ४ सय ७० एटिएम, १ सय २ वटा एक्सटेन्सन काउन्टर तथा ७३ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

याे पनि पढ्नुस  एटीएम फुटाउँदै फुटाउँदै पक्राउ

कमेन्ट गर्नुहोस्