झापामा थप २ कोरोना संक्रमितको मृत्यु

भद्रपुर : झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

गौरादह-८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह-७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।

याे पनि पढ्नुस  आज ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । त्यस्तै, झापामा आज २९ जना कोरोना सङ्क्रमित थपिएका छन् । एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट बच्‍न भन्दै भारतमा गोमूत्र सेवन

योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार १९७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्