टेलिकमले अफरमा थप्यो यस्ता सुविधा

काठमाडौं : नेपाल टेलिकमले अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ ।

पहिलाको अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक थियो । सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको हो ।

याे पनि पढ्नुस  टेलिकमले ल्यायो फेरि आकर्षक अफर

यस अनुसार उक्त कम्बो प्याकअन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न सकिन्छ । प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ ।

यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल गर्न सकिन्छ । प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ ।

याे पनि पढ्नुस  कालापानी क्षेत्रमा सेवा विस्तार गर्दै नेपाल टेलिकम

कम्पनीका अनुसार माथि उल्लेख गरिएका सबै दरहरु कर सहितका हुन् ।

परिमार्जन गरिएको अफर शुक्रबार राति १२ बजेपछि लागू हुने कम्पनीले जानकारी दिएको छ।

 

कमेन्ट गर्नुहोस्