जि-२० का नेताहरुलाई एकताबद्ध हुन राष्ट्रसंघका महासचिवको आग्रह

एजेन्सीः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी-२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् ।

उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गरे ।

जी-२० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उनले विश्वका नेताहरुलाई यो आग्रह गरेका हुन् । विश्वमा अहिले विशेष गरेर कोभिड १९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उनले यस्ता र अरु पनि समस्याहरु रहेको बताए ।

याे पनि पढ्नुस  कोरोना प्रभावः ७० लाख महिला नचाहेरै गर्भवती !

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने भन्दै उनले सो कुरामा जोड दिएका हुन् । शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा पत्रकार सम्मेलनमा उनले भने, ‘विश्वका जी २० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुँदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।’

याे पनि पढ्नुस  हवाई आक्रमणमा २८ विद्यार्थी मारिए

उनले कोभिड १९ को समस्याले निरन्तर रुपमा सपशपवका कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरु पनि लाग्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्