उपप्रमुखसहित २८ कर्मचारीमा कोरोना संक्रमण

कास्कीः पोखरा महानगरपालिकामा उपप्रमुख मञ्जु देवी गुरुङ्गसहित २८ जना कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि महानगरपालिकाको सेवा एक साताका लागी बन्द गरिएको छ ।

नगरप्रमुखको सचिवालय, प्रशासन शाखा, लेखा शाखा लगायतका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यक काम बाहेकका सेवा आगामी १२ गतेसम्मलाई बन्द गरिएको सुचनामा जनाईएको छ ।

याे पनि पढ्नुस  बिहानै थपिए ८० जना संक्रमित

महानगरपालिकाले कार्यालयमा कार्यरत् एकतिहाई कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने बाध्यता भएकोले जरुरी कामबाहेक कार्यालयमा नआउन सुचना जारी गरेको छ ।

त्यसैगरी महानगरपालिकाको पशुसेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालसम्मका लागी बन्द गरिएको जनाएको छ ।

पशु सेवा शाखामा कार्यरत कर्मचारीमा कोरोना र केही व्यक्ति कन्ट्य्क्ट ट्रेसिंङमा परेका कारण सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।

याे पनि पढ्नुस  अस्पतालको वेडबाटै कोरोना संक्रमित बेलायतका प्रधानमन्त्रीले दिए यस्तो भावुक सन्देश

कमेन्ट गर्नुहोस्