शिवम् सिमेन्ट उद्योगमा आगलागी

फाइल फोटो ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

याे पनि पढ्नुस  आगलागीमा छोरा गुमाएकाे ९ दिनपछि हृदयघातबाट बुबाको मृत्यु

कमेन्ट गर्नुहोस्