कमेडियन भारती सिंह गिरफ्तार, नार्कोटिक्स ब्यूरोले छापा हान्दा भेटियो लागुपदार्थ

मुम्बई, भारतीय मनोरञ्जन उद्योगमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भारती सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड कलाकारहरुको लागु औषधसँगको सम्बन्धमाथि आक्रामक अनुसन्धान गरिरहेको नार्कोटिक्स ब्यूरोले भारती र उनका पति हर्षलाई गिरफ्तार गरेको हो ।
सुशान्त सिंहकी पूर्व प्रेमिका रिया चक्रवर्तीले सिंहलाई लागुपदार्थ दिने गरेको आरोप लागेपछि ब्यूरो सक्रिय बनेको थियो । ब्यूरोले बलिउड ड्रग कनेक्सनमा महत्वपूर्ण अप्रेसन गर्दै अहिलेसम्म दर्जनौं कलाकारलाई निशानमा पारेको छ ।
लागु औषध बेच्ने एकजना व्यक्तिसँगको सोधपुछमा हास्य कलाकार भारतीको समेत नाम आएपछि प्रहरीले आज बिहान उनको अँधेरी, लोखण्डवाला र बर्सोवास्थित घरहरुमा रेड हानेको थियो । ब्यूरोले ती स्थानबाट नशालु पदार्थ बरामद भएको जनाएको छ ।
यसअघि प्रहरीले अर्जुन रामपाललाई लागुऔषधकै मुद्दामा घण्टौं बयान लिएको थियो ।
भारती सिंहले लेखक हर्ष लिम्बचियासँग २०१७ मा बिहे गरेकी थिइन । भारती सिंहका बुवा नेपाली हुन भने आमा पञ्जाबी हुन । बाल्यकालमा नै उनले बुवा गुमाएकी थिइन ।

याे पनि पढ्नुस  ड्रग्स केसमा हास्यकलाकार भारती सिंह पक्राउ

कमेन्ट गर्नुहोस्