पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौंः वामदेव गौतम

दाङः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई बलियो बनाउन लाग्नुपर्ने बेला आएको बताएका छन् ।

शनिबार दाङको तुलसीपुरमा पार्टीका नेता कार्यकर्तासँगको भेटका क्रममा गौतमले भने, ‘पछिल्लो समयमा हाम्रो पार्टीभित्र केही समस्या देखिएका छन् । पार्टीभित्रका समस्या समाधान गर्दै एकतालाई बलियो बनाउन हामी लागिपरेका छौं । एउटा सिंगो र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छ । यसका लागि सबै तयार रहनुहोस् ।’

याे पनि पढ्नुस  नेकपा नेता सुरेन्द्र पाण्डेको प्रश्नः के ओलीबाहेक सबै नेता मूर्ख र बेबकुफ मात्र छन् ?

समाजवादको आधार तयार पार्न लाग्नुपर्ने बेलामा आन्तरिक समस्यामा पार्टी अल्झिनुले कार्यकर्तामा निराशा थपेको महसुस आफूलाई भइरहेको भन्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले विवादलाई व्यवस्थापन गर्नतर्फ लागिपरेको बताए ।

कम्युनिष्ट पार्टीका बीचको एकता, समृद्ध नेपालदेखि समाजवादसम्मको परिकल्पनामा आफू २०६३ सालदेखि लागिरहेको दावी गर्दै उपाध्यक्ष गौतमले भने, ‘बलियो कम्युनिष्ट पार्टी बनाउने र मुलुकलाई समाजवादसम्म पु¥याउने संकल्पमा म २०६३ सालदेखि लागिपरेको हुँ । लामो छलफलपछि पार्टी एकता सम्भव भएकाले जुटेको पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं । फुटलाई जुटमा बदल्न लागिरहने मेरो संकल्प छ ।’

याे पनि पढ्नुस  नेकपाले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक

आफू कुनै गुटबन्दीमा नलागेको दाबी गर्दै उपाध्यक्ष गौतमले सधैँ पार्टी एकताको पक्षमा उभिने बताए । ‘म कहिले पनि गुटको पक्षमा थिइन र आज पनि छैन । म सधैँ एकताको पक्षमा उभिने छु’, गौतमले भने, ‘पार्टी नेतृत्वलाई जुटको यात्रामा लाग्न सबैले अपिल गर्नुपर्दछ ।’

याे पनि पढ्नुस  भारतीय मिडियालाई नारायणकाजीको चेतावनीः अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर

 

कमेन्ट गर्नुहोस्