२२ वर्षीय यी युवकका छन् ३ पत्नी, तीनैजना मिलेर खोज्दैछन् चौथी श्रीमती (भिडियोसहित)

इस्लामाबाद । शीर्षक सुन्दा अचम्म लाग्यो होला । २२ वर्षको उमेरमा तीनजनासँग विवाह र अब चौथो श्रीमती खोज्दैछन् भनने कुरा पत्याउन गारो पर्छ ।

तर बाँचेपछि के के देख्न र सुन्न पाइन्छ भनेझैं पाकिस्तानका यी युवा भने अब चौथोपटक दुलाहा बन्ने तयारी गर्दैछन् ।

त्यो पनि उनकै तीनजना श्रीमतिले खोजेको युवतीसँग ।

घटना पाकिस्तानको सियालकोटको हो । मुस्लिम समुदायमा एकभन्दा बढी बिहे अचम्म मानिँदैन । तर श्रीमतीहरुले नै अर्को विवाह गराउन थालेको घटना अहिले पाकिस्तानमा चर्चाको विषय बनेको छ ।
अदनान नामक यी युवा २२ वर्षका छन् । उनले १६ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । त्यसपछि २० वर्ष र गत वर्षमात्रै २१ वर्षको छँदा उनले अर्को बिहे गरे ।

गल्फटुडेका अनुसार, उनकी श्रीमतीको नाम शंभाल, शुबाना र शाहिदा रहेको छ । अब उनीहरुले चौथी श्रीमती पनि श अक्षरबाटै आउने खोजिरहेका छन् । यसो भएमा घरमा खुशी कायम हुने उनीहरुको विश्वास छ ।

अदानाको पहिलो श्रीमती शुंभालबाट तीन र शुबानाबाट दुई बच्चा छन् । शुबानाको एउटा बच्चालाई कान्छी श्रीमती शाहिदाले हुर्काएकी छिन् ।

श्रीमानले माया गरेपनि समय दिन नसकेको आरोप भने श्रीमतीहरु लगाउँछन् । उनको घरमा प्रतिमहिना डेढलाख रुपैयाँ खर्च हुने समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्