थप १,६७४ जनामा सङ्क्रमण पुष्टि, मृतक संख्या १३०० नाघ्यो

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १,६७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभरि २४,००९ जनामा सक्रिय सङ्क्रमण छ ।

याे पनि पढ्नुस  लक्षणसहितका संक्रमितको संख्या बढ्यो, ३६५ जना आईसीयू र भेन्टिलेटरमा

२४ घण्टाको अवधिमा थप २,३२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म १,९३,३२५ जना निको भइसकेका छ ।

शनिबार थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्