ओली निकट कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

चितवनः प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् ।

शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा ओली निकट कार्यकर्ताहरुले पूर्व अर्थमन्त्री समेत रहेको स्थायी समिति सदस्य पाण्डेमाथि दुर्व्यवहार गरेका हुन् ।

याे पनि पढ्नुस  नेकपामा कडा शक्ति–संघर्ष

कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका २० जना बढीको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए ।

उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याएकोले कार्यक्रम स्थगित गरिएको नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले बताए ।

याे पनि पढ्नुस  स्थायी कमिटी बैठक : एमसीसी प्रस्तावमाथि लिलामणिको ‘नोट अफ डिसेन्ट’

उक्त टोली साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएको बताइएको छ । थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकीय हुन् । उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन् ।

याे पनि पढ्नुस  राजनीतिक प्रस्तावमा ओलीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको हुँः प्रचण्ड

नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले कार्यक्रमको स्थगितपछि कमिटीको बैठक बसेर उक्त क्रियाकलाप्रति खेद समेत प्रकट गरिएको बताए । उनले केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको आरोप लगाए ।

 

कमेन्ट गर्नुहोस्