विचार, विधि र पद्दतिले मात्रै पार्टी चल्छः प्रचण्ड

काठमाडौंः नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी मुख्यतः दुई कुराको आधारमा चल्ने बताएका छन् ।

प्रचण्डले आफ्नो आधिकारीका फेसबुक पेजमार्फत स्टाटस लेख्दै पार्टी मुख्यतः दुई कुरा विचार–राजनीति र विधि–पद्दतिले मात्रै चल्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार–राजनीति र दोस्रो विधि–पद्दति ।’

याे पनि पढ्नुस  पद हाम्रो विषय होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो : प्रचण्ड

प्रण्चडले पार्टी विधि–पद्दतिअनुरुप सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् । नेकपामा पछिल्लो समय विवाद चकिँदै जाँदा पनि प्रचण्डले पार्टीमा विचार, विधि र पद्दति अनुसार पार्टीलाई अगाडी बढाउनुपर्ने बताउने गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्