नेता सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारवाही हुनुपर्छः माधव नेपाल

काठमाडौंः नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले चितवनमा पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा गरेका छन् ।

स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य पाण्डेमाथिको अभद्र व्यवहार तथा नाराबाजी सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक पार्टीका लागि पटक्कै नसुहाउने पनि नेता नेपालले बताएका छन् ।

याे पनि पढ्नुस  नयाँबानेश्वरमा नेकपा नेता गिरीको शंकास्पद मृत्यु, ४ जना समातिए

नेपालले उक्त कार्य गर्ने/गराउने जो सुकै भए पनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्नुपर्ने बताएका छन् ।

पाण्डेमाथि शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट कार्यकर्ताहरुले दुर्व्यवहार गरेका थिए ।

नेता सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारवाही हुनुपर्छः माधव नेपाल

कमेन्ट गर्नुहोस्