ढोरपाटनमा यो वर्ष एक नाउर र एक झारलको शिकार

बागलुङ : विश्वव्यापी कोरोना सङ्क्रमणको कारण ढोरपाटन शिकार आरक्षमा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजन सुरु भएको छ ।

यस वर्षको पहिलो शिकार मङ्सिर ५ गतेदेखि सुरु भएको हो । नेपालको एक मात्रा वैधानिक शिकार केन्द्र ढोरपाटन शिकार आरक्षण बागलुङमा याममा एक नाउर र एक झारलको मात्र शिकार हुने भएको छ ।

याे पनि पढ्नुस  बागलुङमा मतान्तर बढाउँदै जनमोर्चा, राप्रपाले खोल्न सकेन खाता

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियन नागरिक मङ्सिर ५ गते शिकारको लागि ढोरपाटन आएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

उनले शिकार आरक्षको धुस्तुङ ब्लकमा दुई हप्ताभित्र एक नाउर र एक झारलको शिकार गर्नेछन् । शिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार, लाईसेन्स नवीकरणमा ७५ हजार र एक साता बसाइँको ४० हजार रुपियाँको दरले राजस्व तिर्नुभएको छ ।

याे पनि पढ्नुस  बागलुङकी कोरोना संक्रमित महिला पनि संक्रमण मुक्त

कोरोना त्रासले एकाएक थलिएको शिकार पर्यटन लयमा फर्कन नसक्दा यस वर्षको पहिलो सिजनमा तोकिएको झारल र नाउरको शिकार नहुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो ।

याे पनि पढ्नुस  दशैँ मान्न घर गएका युवक पक्राउ

विभागले शिकारको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्रा शिकारको लागि प्रस्ताव पेश गरेको थियो । वि.सं. २०४२ सालमा स्थापना भएको आरक्षणमा शिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक शिकारी आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्